Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • विदेशमा अलपत्र ४९० नेपाली स्वदेश फर्किए

    विदेशमा अलपत्र ४९० नेपाली स्वदेश फर्किए

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.5K
    SHARES

    तस्विर गुगलबाट

    काठमाडाैं । विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।

    नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौँ ल्याएको छ । उसले काठमाडौँबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ । शनिबार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ । पहिलो उडान सिल्क एयरले सिङ्गापुरबाट यात्रु काठमाडौँ ल्याउनेछ ।



    जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ । त्यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौँका लागि चार्टर्ड उडान गर्नेछ । नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ । आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन् । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार