Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १४५ पुग्यो

    गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १४५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँ  संक्रमित हुनेको संख्या १४५ पुगेको छ ।

    नवलपरासी देबचुली नगरपालिको क्वारेन्टिनमा रहेका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।



    गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ३७ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ३३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ३ जना पुरुष, पर्वतका ९ जना पुरुष, गोरखाका ११ जना पुरुष तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।



    गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार