Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामै थपिए ६ जना कोरोना संक्रमित

    काठमाडौं उपत्यकामै थपिए ६ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितहरुमा भक्तपुरका ३ जना, काठमाडौंका २ जना र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।



    भक्तपुर व्यासीका २४ वर्षीय पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।



    त्यसैगरी काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

    तर, ललितपुरका संक्रमितबारे भने केही खुलेको छैन ।

    यद्यपी स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने काठमाडौं उपत्यकामा भेटिएका संक्रमितको ठेगाना नखुलेको जानकारी गराएका छन् ।

    उपत्यकामा भेटिएका ६ जना संक्रमितमध्ये ४ जनालाई पाटन अस्पताल, १ जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताला र बाँकी १ जनालाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार