Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चितवन मेडिकल कलेजले दियो आइसोलेसनका लागि शैया

    चितवन मेडिकल कलेजले दियो आइसोलेसनका लागि शैया

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 3K
    SHARES

    चितवन । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान शैया उपलब्ध गराएको छ । कलेजले  सात लाखमा खरिद गरेर शैया श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका श्यया आइसोलेसनमा राखिएको छ ।



    कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको ढकालले जानकारी दिए। हाल माडीको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित रहेका छन् । क्वारेन्टाइनमा २५६ जना छन् ।



    सङ्क्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एकमात्र नगरपालिका हो ।

    आइसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि सात जनालाई भरतपुर अस्पताल पठाइएको थियो । ढकालले अब दुई शैयाको भेन्टिलेटरसहित सघन उपचार कक्ष माडीमा नै स्थापना गरिने बताए।

    चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश न्यौपानेले कोरोनाको सङ्क्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताए। भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० शैया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ ।

    फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० शैया उपलब्ध गराइएको उनले जानकारी दिए ।

    भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राविधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत छन् । कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि पाँच करोड रुपैयाँ खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेकोसमेत जानकारी दिए ।  रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार