Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रहरीमा गुणस्तर फेल भएका सामान खरिद गर्ने तयारी,अबकासको मुखमा आईजीपी बिबादमा

    प्रहरीमा गुणस्तर फेल भएका सामान खरिद गर्ने तयारी,अबकासको मुखमा आईजीपी बिबादमा

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । अबकाश हुन २० दिन मात्र बाँकी रहेका नेपाल प्रहरीका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले खरिद प्रक्रियालाई अपारदर्शी बनाएको आरोप लागेको छ ।

    लकडाउनका बीच प्रहरीले बिभिन्न किसिमका सामान खरिदको बोलपत्र सूचना सुटुक्क निकालेर सेटिङका ठेकेदारहरुबाट सामान किन्ने तयारी गरेपछि अनियमितताको गन्ध बाहिर आएको हो।



    लकडाउनमा सबै घरघरमा बसेको बेला प्रहरीले ३१ बैशाख, २०७७ मा गोरखापत्रमा ११ किसिमका सामान खरिदको टेण्डर निकालेको छ । लकडाउनमा सबैतिर बन्द भएकाले गोरखापत्र ग्राहक बन्नेको घरमा मुस्किलले गए पनि अरुकोमा पुग्दैन ।



    गोरखापत्रमा सूचना निकालेको प्रहरीको प्रबन्ध निर्देशनालयका हाकिम र आइजीपी सचिवालयबाहेक कसैलाई पनि थाहा नहुने एक ठेकेदार नै वताउँछन्।

    स्रोतका अनुसार निश्चित ठेकेदारहरुसँग मात्र सेटिङ गरी सूचना निकाले पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।  उक्त बोलपत्रको सूचना प्रहरीको बेबसाइटमा पनि राखिएन भने सार्वजनिक खरिद अनुगमन कार्यालयको सिष्टमभित्र पनि आउन सकेको छैन ।

    जबकि प्रहरीको आफ्नै बेबसाइटमा उक्त सूचना नराखिनुले पनि खरिद प्रक्रिया अपारदर्शी भएको पुष्टी हुन्छ ।

    प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयका प्रमुख डीआइजी सूर्य उपाध्यायले लकडाउनमा सुटुक्क खरिद गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि जानकारी नदिएको स्रोतले बताएको छ ।

    सार्वजनिक खरिद ऐन र नियमावलीमा ६० लाख रुपैयाँ भन्दा बढी मूल्यको वस्तु खरिद गर्दा गर्दा सार्वजनिक खरिद अनुमगमन कार्यालयको सिष्टमबाट पनि सूचना जारी हुनुपर्छ । उसको बेबसाइटमा पनि राखिनुपर्छ । तर प्रहरीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ३१ गतेको बोलपत्रको सूचनाबारे अहिलेसम्म जानकारी दिएको छैन ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल प्रहरीले बैशाख ३१ गते बोलपत्र आह्वान गरेको जानकारी नभएको बताएका छन्।

    त्यसो त लकडाउनको बीचमा प्रहरीले बोलपत्र आह्वान गरे पनि कोरोना महामारी र बन्दाबन्दीको अवस्थामा चीन र भारतबाट आपूर्तिकर्ताले सामान ल्याउन सक्ने अवस्था छैन ।

    गोदाममा थन्किएका गुणस्तरहीन सामान खरिदका लागि सुटुक्क बोलपत्र सूचना निकालेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार प्रहरीमा सामान आपूर्ति गर्ने निश्चित ठेकेदारहरुबाट खरिद गर्ने गरी सेटिङ गरी सूचना निकालिएको हो ।

    केही ठेकेदारले मापदण्ड विपरीत प्रहरीले सुचना निकालेर टेण्डर गरेको र आफुहरुलाई भाग लिनबाट बन्चित गराइएको भन्दै उजुरी दिने तयारी गरेका छन्।

    स्रोतका अनुसार केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले खरिद गर्न लागेको सिम लोकेटर मेसिनमा निश्चित ठेकेदारहरुबाट खरिद गर्नेगरी सूचना निकालिएका कारण ठेकेदारहरुबीच असन्तुष्टि बढेको छ । उक्त टेण्डरको समय असार १० सम्म रहेको छ ।

    गुणस्तर फेल भएको सामान खरिद गरिंदै 

    २ बर्षअघि प्रहरीले नै गुणस्तर चेक गर्न पठाउँदा फेल भएको ऊलन पाइन्टको कपडा अहिले खरिद गरिन लागिएको छ । रतन संघाई, पवन संघाई र पिताम्बर मुन्काको मुनीलाल मागीलालले २ बर्षअघि ऊलन पाइन्टको कपडाको ठेक्का पाएको थियो ।

    उक्त ऊलन पाइन्ट प्रहरीले गुणस्तर चेकका लागि पठाउँदा फेल भएको रिपोर्ट आएको थियो ।

    प्रहरीले गुणस्तर फेल भएपछि टेण्डर दर्ता गर्दा बुझाएको धरौटीबापत राखेको बैंक ग्यारेन्टी जफत गरी मुनीलाल मागीलाललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो । मुनीलाल मागीलालले प्रहरीको निर्णय बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतमा पनि मुद्दा जिताउने काम संघाईहरुले गरे । अदातलमा पहुँच भएका उनीहरुले गुणस्तर फेल भएको कपडा पनि खरिद गर्न आदेश दिन लगाए ।

    भारतको प्रसिद्ध कम्पनी इन्टरटेकले गुणस्तर परीक्षण गर्दा फेल भएको रिपोर्ट दिएको थियो । प्रहरीका अगाडि फेल भएको र २ बर्षअघिको कपडा लिन दबाब परेको छ ।

    २ बर्षअघिको उक्त उलन पाइन्टको कपडाका लागि छुट्याइएको बजेट फ्रिज भइसकेको छ । तर पनि अदालतको आदेश भन्दै प्रहरीका प्रबन्ध निर्देशनालयका प्रमुख डीआइजी सूर्य उपाध्याय जसरी पनि खरिदका लागि लागेको स्रोत वताउँछ।

    यसमा गृह मन्त्रालयका अधिकारीहरुको समेत मिलेमतो रहेको बुझिएको छ।

    स्मरणिय छ खरिदका ठेकेदार रतन संघाई औषधि बनाउन आयात गरी ल्याइएको पिकसर्स केमिकललाई लागूऔषधको रुपमा बिक्री गरेको आरोपमा ३ बर्षअघि पक्राउ परेका थिए ।

    स्रोतका अनुसार पिताम्बर मुन्काले आकर्षक कमिशन दिने वताएर गुणस्तर फेल भएको २ बर्षअघि नै ल्याएको ऊलन पाइन्टको कपडा खरिद गर्न  डीआइजी सूर्य उपाध्याय  जोडतोडले लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार