Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बुटवलमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

    बुटवलमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 3K
    SHARES

    फाइल : तस्बिर

    बुटवल। बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।

    दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।



    पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार