Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रकाण्डको गृह जिल्लामा एमसीसीको विरोधमा प्रदर्शन

    प्रकाण्डको गृह जिल्लामा एमसीसीको विरोधमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    कालिकोट । कालिकोटमा एमसीसीविरुद्ध विरोध प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटमा विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध विरोध प्रदर्शन भएको हाे।

    पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्लाका विभिन्न ७ वटा ठाउँमा शनिबार एमसीसी सम्झौताको विरुद्धमा प्रदर्शन गरेको हो। एमसीसी र अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध जिल्लाका ७ वटा ठाउँमा विरोध प्रदर्शन गरिएको नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले जानकारी दिए।



    उनले जिल्लाको पलाँता, पचालझरना, रास्कोट, नरहरीनाथ, तिलागुफा, महाँवै र शुभकालिका गाउँपालिकामा एमसीसी र अमेरिकी सैन्य हस्तक्षेप विरुद्धमा पार्टीको नेतृत्वमा विरोध प्रदर्शन भएको जानकारी दिए।



    नेपाली जनताको जनजीवीका र यस सम्बन्धी सवाललाई उठाउँदा वर्तमान कम्युनिस्ट सरकारले आफूलाई प्रतिबन्ध लगाएको भन्दै जनताको बीचमा यसको हिसाब बिताब मागिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार