Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कार दुर्घटना हुँदा पत्रकार पाण्डेको मृत्यु

    कार दुर्घटना हुँदा पत्रकार पाण्डेको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 4.3K
    SHARES

    बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदापत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो ।

    आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए ।



    कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । सडकको डिभाइडर र विद्युतको पोलमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार