Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रतिन्धित विप्लव समूहका नगर इन्चार्जसहित ६ जना पक्राउ

    प्रतिन्धित विप्लव समूहका नगर इन्चार्जसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीको धनगढीबाट प्रतिन्धित विप्लव समूहका नगर इन्चार्जसहित ६ जना पक्राउ परेका छन्। नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको बताए।



    अन्य पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहसहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन्।



    उनीहरुलाई शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार