Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भन्सार छली ल्याएका सामान बरामद, तीनजना पक्राउ

    भन्सार छली ल्याएका सामान बरामद, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 3.4K
    SHARES

    बैतडी । भन्सार छलेर ल्याएको सामग्री बैतडी प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा शनिबार राती खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका ८ स्थित जंगलको कम्पाउण्डमा रहेको एक घरबाट भन्सा छलेर ल्याएको सामग्री बरामद गरेको हो।

    करीब एक लाख ५० हजार बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले ३ पेटी बिडी, एक ट्युब र २ थान खुकुरी बरामद गरेको हो । सामग्रीसँगै उक्त घरमा सुतिरहेका दशरथचन्द नगरपालिका ८ का २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड पक्राउ परेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार