Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोनाका नयाँ लक्षण थपिए, खतराको संकेत भएको अमेरिकी संस्थाको दावी

    कोरोनाका नयाँ लक्षण थपिए, खतराको संकेत भएको अमेरिकी संस्थाको दावी

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.8K
    SHARES

    एजेन्सी ।  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का विषयमा नयाँ नयाँ तथ्य पनि बाहिर आइरहेका छन् । विभिन्न अध्ययनहरुमा नयाँ नयाँ खोजीमा यसको लक्षणमा पनि नयाँ तथ्या फेला पारेको अमेरिकी एक संस्थाले दावी गरेको छ । यसको नयाँ लक्षणहरू पनि देखा पर्दैछन् ।

    अहिलेसम्म शारीरिक परिवर्तनहरू जस्तै ज्वरो, सास फेर्न गाह्रो, सुख्खा खोकी र थकान कोरोना भाइरसका लक्षणहरू मानिदै आएका छन् । तर कोरोना संक्रमणको लागि काम गर्ने एक अमेरिकी चिकित्सा संस्था, सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रभिेन्सन(सिडीसी)ले तीन नयाँ शारीरिक लक्षणहरूलाई कोरोना भाइरसको सम्भावित संकेतको रूपमा ब्याख्या गरेको छ ।



    सीडीसीका अनुसार पहिले नाकबाट सिगान बगिरहने भनेको उक्त व्यक्ति कोरोनाबाट संक्रमित भएको हो भन्न सकिने तथ्यहरु फेला पारेको बताएको छ ।



    तर, यदि एक व्यक्तिको नाक लगातार सिगान बगिरहेको छ, र उसले भित्रबाट अप्ठ्यारो महसुस गरेको गरिरहेको छ भने, त्यस्ता व्यक्तिले ज्वरो नभए पनि कोरोनाको जाँच पर्ने सुझाव दिएको छ ।

    सीडीसीले कोरोनाको दोस्रो नयाँ लक्षण रिपोर्ट गरेको छ । सीडीसीका अनुसार यदि व्यक्तिले बारम्बार असामान्य वाकवाकीको महसुस गर्न थाल्छ भने, यो खतराको संकेत हो भनेर बुझ्न सुझाव दिएको छ ।

    यस्तो व्यक्तिले तुरुन्तै आफूलाई अलग गर्नुपर्दछ । यद्यपि वाकवाकीका लागि अन्य कारणहरू पनि हुन सक्छन्, तर यस मौसममा यसलाई बेवास्ता नगर्नुहोस् र यदि यो बारम्बार भइरहेको छ भने कोरोना टेस्ट गर्न पनि सुझाव दिएको छ ।

    कोरोनाको तेस्रो नयाँ लक्षण पखाला हो । डाक्टरहरूले पहिले पनि विश्वास पखलाका बारेमा जानकारी दिएका थिए । कोरोना संक्रमित बिरामीहरूलाई पखालाजस्तो वा उस्तै लक्षणहरू देखिन सक्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार