Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात गर्न अनुमति

    कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात गर्न अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयातका लागि तीन कम्पनीले अनुमति पाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिएको जनाएको छ ।



    मन्त्रालयले एक सूचना जारी गर्दै नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं छन् ।



    यस्तै भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई पनि रेम्डेसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । भारतलाई रेम्डेसिभर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

    योर औषधि प्रयोग गरिरहेका कोभिड-१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने पनि मन्त्रालयले जनाएको छ । यो औषधि नेपालमा क्लिनिकल ट्रायलका रुपमा समेत प्रयोग भैरहकेो छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार