Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोना भाइरसलाई हावामै मार्ने नयाँ प्रविधि

    कोरोना भाइरसलाई हावामै मार्ने नयाँ प्रविधि

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.5K
    SHARES

    ह्यूसट। विगतका केही दिनमा कोरोना भाइरस हावामा मार्ने दावीकाबीच एक सकारात्मक समाचार बाहिर आएको छ । वैज्ञानिकले यो आविष्कारबाट बन्द स्थानहरु स्कूल, अस्पतालका अलावा विमानमा कोरोनाभाइरसको संक्रमण रोक्न सहयोगी हुने बताएका छन् ।

    यसका अनुसार वैज्ञानिकले एक यस्तो फिल्टर बनाएको दावी गरेका छन् कि यसले नयाँ कोरोनाभाइरसलाई समाएर भाइरसलाई तत्काल समाप्त गरिदिन्छ ।



    जर्नल मेटरियल्स टुडे फिजिक्समा प्रकाशित अध्ययनका अनुसार यो एयर फिल्टरले आपूmबाट जाने हावामा एक पटकमा ९९.८ प्रतिशत कोरोनाभाइरसलाई समाप्त गरिदिन्छ ।यो उपकरणलाई व्यवसायीक रुपमा उपलव्ध निकेल फोमलाई २०० डिग्री सेल्सियससम्म तातो बनाएर तयार पारिएको अध्ययनमा उल्लेख छ ।



    यसले घातक जीवाणु बेसिलस एन्थरेसिसको ९९.९ प्रतिशत बीजाणु नष्ट गरेको छ । बेसिलस एन्तथरेसिसले एन्थरिक्सको बिमारी हुन्छ । अमेरिकामा युनिभर्सिटी अफ ह्यूस्टनको अध्ययनमा समावेश झिफेंग रेनले भने,“यो फिल्टर हवाई अड्डा र विमान, कार्यालय भवन, स्कूल र क्रुज जहाजमा कोभिड–१९ फैलनबाट रोक्नका लागि उपयोगी साबित हुन सक्छ ।” एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार