Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराईले भने- नागरिकताको एजेन्डा मधेशको मात्र नभएर सिंगो देशको हाे

    पूर्वप्रधानमन्त्री भट्टराईले भने- नागरिकताको एजेन्डा मधेशको मात्र नभएर सिंगो देशको हाे

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अंगीकृत नागरिकताको व्यवस्थामा महिला र पुरूषलाई समान अधिकार दिनुपर्ने बताए।

    मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले भने,’नागरिकताको एजेन्डा मधेशको मात्र नभएर सिंगो देशको हाे।’



    दोस्रो दर्जाका नागरिकका रूपमा कसैलाई पनि राख्न नहुने भट्टराईको भनाइ छ।



    कोरोना महामारीलाई प्रधानमन्त्रीले गम्भीर रूपमा नलिएको भट्टराईको आरोप छ। ‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ। कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार