Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँस्कोटाले भने – ओलीको पक्षमा बहुमत छ, राजिनामा दिनु पर्दैन

    बाँस्कोटाले भने – ओलीको पक्षमा बहुमत छ, राजिनामा दिनु पर्दैन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा माग भइरहेको बेला नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने ओलीको बचाउ गरेका छन्।

    प्रधानमन्त्रीको राजीनामा माग्नु कुनै तर्क नभएको उनको भनाइ छ ।



    पूर्वसञ्चारमन्त्री बाँस्कोटाले सरकारले गर्ने काम निरन्तर गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका हुन ।



    बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुनेबाहेक विकल्प नभएको पनि बताएका छन् ।
    बाँस्कोटाले प्रधानमन्त्री  ओलीले  राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए ।

    उनले अझैपनि बहुमत प्रधानमन्त्रीकै पक्षमा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार