Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वर्तमान सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भयो : गोकुल बाँस्कोटा

    वर्तमान सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भयो : गोकुल बाँस्कोटा

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 333
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन् । बाँस्कोटाले इजरायलमा हमासको आक्रमणमा परेका नेपाली विद्यार्थीको उद्धारमा भएको ढिलाइले सरकारको कुटनीति छताछुल्ल भएको बताए।



    बाँस्कोटाले भने,‘सरकारको कुटनीति छताछुल्ल पोखिएको छ । प्रधानमन्त्री भिडियो कल गरेर लोकप्रिय काम गद्र्यै हुनुहुन्छ । समवेदना । तर त्यहाँ संकटमा फसेका नेपालीहरुको चाहाना तत्काल स्वदेश फकाईयोस् भन्नेछ ।’



    उनले इजरायलले पुरै युद्धको घोषणा गरेको भन्दै त्यहाँ रहेका सबै नेपालीहरुलाई तत्काल नेपाल फर्काउन र उपचारको व्यवस्था गर्न माग गरे ।

    आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरुले इजरायलमा संकटमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार