Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गोकुल बास्कोटाको आरोप – सरकारले २३ क्विन्टल सुन रातारात बाहिर पठायो, १ क्विन्टल मात्र समात्यो

    गोकुल बास्कोटाको आरोप – सरकारले २३ क्विन्टल सुन रातारात बाहिर पठायो, १ क्विन्टल मात्र समात्यो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन तस्करी गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले २३ क्विन्टल सुन रातारात बाहिर पठाएर १ क्विन्टल समातिएको र त्यो पनि नापतौल गर्दा ६० किलो भएको बताए ।



    उनले भने ‘हामीले कसैको कुर्सी हल्लाउन चाहेका थिएनौँ। देशप्रतिको जवाफदेहिता खोजेका थियौँ। ढिलै भए पनि एउटा सहमतिमा पुग्यौँ। आशाको त्यान्द्रो पलायो। खुसी प्रकट गर्न चाहन्छु।



    तर भयो कस्तो भन्दा आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयौ… त्यस्तो भयो। किनभने यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो। तर एक क्विन्टल सुन समातियो र ६० किलो भयो नापतौल जोख्दा। यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार