Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनले जारी गरेको नयाँ नक्साबारे गोकुलको टिप्पणी – सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन

    चीनले जारी गरेको नयाँ नक्साबारे गोकुलको टिप्पणी – सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सम्बन्धका नाममा चेपुवामा देश हुन नसक्ने बताएका छन् ।

    चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयमा पूर्वमन्त्री समेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मौनताप्रति प्रश्न उठाएका छन् ।



    यसअघि भारतले नेपालको भूभाग समेटेर अखण्ड भारतको नक्सा सार्वजनिक गर्दासमेत प्रधानमन्त्री प्रचण्ड मौन बसेको दृष्टान्त प्रस्तुत गर्दै बास्कोटाले सम्बन्धका नाममा चेपुवामा देश हुन नसक्ने जिकिर गरे ।



    उनले लेखेका छन्, ‘प्रम प्रचण्ड भारत जानु अघि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो । प्रमले भने-सम्बन्धका कारण म बोलिन । अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्सालाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौन ? सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार