Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोकुल बास्कोटाले भने– सहर सम्पन्नको मात्र होइन, धरपकड र दमन बन्द गर

    गोकुल बास्कोटाले भने– सहर सम्पन्नको मात्र होइन, धरपकड र दमन बन्द गर

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 615
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले काठमाडौं महानगरपालिका प्रहरीले ‘फुटपाथ व्यापारीहरूमाथि गरेको धरपकड’ को विरोध गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सो विरोध गरेका हुन् । उनले सहरहरू सम्पन्नहरूले मात्र सयर गर्ने थलो नभएर साधारण मान्छेहरूले पसिना चुहाएर जीवन धान्ने ठाउँ पनि भएको बताए ।



    ‘गरी खाने मान्छेमाथिको अमानवीय र गैरकानुनी दमन गलत हो । बन्द गर, धरपकड र दमन,’ फेसबुकमार्फत बास्कोटाले भने ।



    बुधबार साँझ महागर प्रहरी र फुटपाथ व्यापारीबीच काठमाडौंको सुन्धारा अगाडि झडप भएको थियो । जसमा फुटपाथ व्यापारी र महानगर प्रहरी घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार