Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, एकैदिन ७४० जनामा संक्रमण

    कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, एकैदिन ७४० जनामा संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।



    नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    नेपालमा अहिलेसम्म ६ हजार १४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनीहरु मध्ये ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८२३ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार