Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • मेयरलाई घर छाड्न विप्लवको धम्की

    मेयरलाई घर छाड्न विप्लवको धम्की

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.4K
    SHARES

    बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनअदालत रुपन्देहीले देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीलाई आफ्नो निवास छाड्न ‘धम्कीपूर्ण’ पत्र दिएको छ ।

    जनअदालतमा परेका मुद्धामा खत्री दोषी सावित भएको भन्दै जनअदालतले १० दिनभित्र देवदह नगरपालिका वडा नम्बर १०, भलुहीचोकमा रहेको घर खाली गर्न निर्देशन दिएको हो । जनअदालतले असार १८ गतेदेखि १० दिनको म्याद दिएर घर खाली गर्न निर्देशन दिएको हो ।



    जनअदालत रुपन्देहीका प्रमुख कमलमणिद्वारा हस्ताक्षरित सूचनामा अदालतको निर्देशन अवज्ञा गरे जिल्ला जनपरिषद्को नीति अनुसार कारवाही हुने चेतावनी दिइएको छ । तत्कालीन जनयुद्धताका देवदह नगरपालिका वडा नम्बर ३ मा रहेको १० बिगाहा ९ कठ्ठा जमिन भूमिहिनलाई दिइएकोमा मेयर खत्रीलेले उनीहरुको उठिवास बनाउने गरी जमिन खोसेको आरोप जनअदालतले पुष्टि गरेको जनाइएको छ । कित्ता नम्बर १५७ नक्सा नम्बर ४ को उत्त जग्गा भूमिहीनकै अधिकार भएको नेकपाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।



    देवदह नगरपालिकाले सो जग्गा असार १ गते भत्काएको थियो । त्यहा बस्दै आएका ३५ परिवारले सो जमिनमा खेती लगाउँदै आएका थिए । जनअदालतले मेयर खत्रीले विकास निर्माणमा भ्रष्टाचार, नदीजन्य पदार्थको दोहन, सार्वजनिक बनको तस्करी र सार्वजनिक जग्गाको दुरुपयोग गरेको आरोप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा पार्टीमाथि दमन र सुराकी काम गरेको आरोपसमेत मेयरलाई लगाइएको छ । मेयर खत्रीले सो पत्रको सूचना आफूले पनि पाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार