Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाढीले कल्भर्ट बगायो, पहिरोको उच्च जोखिममा घर

    बाढीले कल्भर्ट बगायो, पहिरोको उच्च जोखिममा घर

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.6K
    SHARES

    फाइल तस्विर

    बैतडी । वर्षा सुरु भएसँगै बैतडीकाको डिलाशैनी गाउँपालिका १ का विभिन्न स्थानमा गण्न्नी गाड खोलाले १२ कल्भर्ट बगाएको छ। गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीका अनुसार विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ ।

    उनले खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको जानकारी दिए। वडा नं १ को बडम, सेल्तडा, रामला, डुडेपानी लगायतका क्षेत्रमा पहिरो समेत गएको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए । उनका अनुसार वडा नं १ मा साना साना पहिरो खसेका छन् ।पहिरोका कारण १५ घर उच्च जोखिममा परेका छन्।



    पहिरोले गाउँमा खानेपानी धारा बगाएको छ भने बस्ती पनि जोखिममा परेका स्थानीय मानसिंह रानाले बताए ।बाढीले खोलाले किनारका खेतीहरु बगाएको उनले बताए। वडा नं १ मा मात्रै ५० लाख बढीको क्षति भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । अहिले पनि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार