Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा कोरोना संक्रमितको संख्या १६१६८ पुग्यो, आज २०४ जना थपिए

    नेपालमा कोरोना संक्रमितको संख्या १६१६८ पुग्यो, आज २०४ जना थपिए

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

    यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार