Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरभाडा र बैंकको ब्याज मिनाहाका लागि आन्दोलनको घोषणा

    घरभाडा र बैंकको ब्याज मिनाहाका लागि आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

    महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।



    पहिलो चरणको आन्दोलन अन्तर्गत आगामी शुक्रबार माइतीघर मण्डलामा तालाचावीसहित प्रदर्शन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । महासंघले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेको छ ।



    ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नु पर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार