Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करले महिलाको मृत्युपछि आफन्तको प्रदर्शन

    मोटरसाइकलको ठक्करले महिलाको मृत्युपछि आफन्तको प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.1K
    SHARES

    सुर्खेत। मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको विषयलाई लिएर शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफन्तले आन्दोलन गरेका छन् ।

    शुक्रबार दिउँसो रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर नगरपालिका-१२ कि ४३ वर्षकी बालकुमारी नेपालीलाई ठक्कर दिएको थियो ।



    उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।



    मृतकका आफन्त र परिवारका सदस्यले क्षतिपूर्ति र ठक्कर दिने मोटरसाइकलका चालकलाई कारबाहीको माग गर्दै यातायात बन्द गराएका थिए ।

    केहीबेर यातायातका साधन बन्द गर्न खोजे पनि सम्झाइबुझाई गरेपछि रोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार