Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पेट्रोलियम ढुवानी व्यवसायीद्वारा देशव्यापी आन्दोलनको घोषणा

    पेट्रोलियम ढुवानी व्यवसायीद्वारा देशव्यापी आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं ।पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

    पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।



    नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।



    यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ ।
    यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोडरअनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।

    हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार