Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ज्ञवालीलाई बिदाइ गरे नवनियुक्त आईजीपी क्षेत्रीले, उपलब्धिबिहिन पाँच महिने कार्यकाल

    ज्ञवालीलाई बिदाइ गरे नवनियुक्त आईजीपी क्षेत्रीले, उपलब्धिबिहिन पाँच महिने कार्यकाल

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। तीस वर्ष सेवा अवधि पुरा गरी प्रहरी महानिरीक्षक(आईजीपी) ठाकुर प्रसाद ज्ञवाली , एआईजी  तारिणी प्रसाद लम्साल र डिआईजी सूर्यप्रसाद उपाध्यायलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उनीहरुलाई नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीले  बिदाइ गरेका हुन ।

    बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरे ।



    नवनियुक्त आईजीपी  क्षेत्रीले सेवानिवृत्त भएका ज्ञवाली,लम्साल र उपाध्यायलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।



    सिन्को भाँच्न सकेनन् ज्ञवालीले

    १ सय ४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका ज्ञवालीले आफ्नो पाँच महिने कार्यकालमा सिन्को काम गर्न सकेनन् ।

    उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे । तर प्रहरीमा नतिजा आउने कुनै पनि काम भने गर्न सकेनन्।

    उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर उनले उनले कुनै चासो नै राखेनन् । गृह मन्त्रालयले सोबारे कार्यविधि नै ननबनाएका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।

    आईजीपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । यो समयमा उनले त्यतातर्फ ध्यान नै लगाएनन् ।

    ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै सो घटनाको छानबिनमा संलग्न रहेकाले उनको कार्यकालमा निर्मला हत्याको रहस्य खुल्ने धेरैको अपेक्षा थियो ।

    उनी आईजीपी  बनेको करिब डेढ महिनापछि विश्वभर कोरोना महामारी फैलियो ।

    यसबीचमा सबै क्षेत्र अस्तव्यस्त रहेका कारण उनले समेत कोरोनाकै कारण छाटो समयम चाहे जति काम गर्न नपाएको भन्ने अवसर प्राप्त गरेका छन् ।

    प्रहरीको सरुवा र वढुवामा पनि उनी संकुचित रुपमा नै अघि बढे। पूर्व आईजीपी सर्बेन्द्र खनालका मान्छे भन्दै उनले धेरै प्रहरीलाई पेलेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार