Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ बुधबार

    नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ बुधबार

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरकिो प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बुधबार हुने भएको छ ।

    आईजीपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुने भएको हो ।



    पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्ति गर्नु कानुनविपरीत रहेको दावीसहित रिट दायर गरेका हुन् ।



    सोमबार बसेको मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख नियुक्त गरेको थियो ।

    नवनियुक्त प्रहरी प्रमुख सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् भने कार्यभार समेत सम्हालिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार