Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उमेरबारे अनुसन्धान गर्न डीआईजी श्यामलालविरुद्ध अख्तियारमा उजुरी

    उमेरबारे अनुसन्धान गर्न डीआईजी श्यामलालविरुद्ध अख्तियारमा उजुरी

    डीआईजी ढकालको पनि नागरिकता विवरण शंकास्पद

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेको छ ।

    कैलालीका शेरबहादुर चन्दले डीआईजी ज्ञवालीको उमेरबारे अनुसन्धान गर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल प्रहरीका एआईजीसहित ६ डिआईजीको जन्ममिति फरक परेको विवरण सार्वजनिक भएको थिए ।



    डीआईजी ज्ञवालीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उमेरबारे अनुसन्धान गर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।उजुरीमा ज्ञवालीले प्रहरी सेवामा प्रवेश गर्दा पेस गरेको नागरिकता, सिटरोलमा उल्लेख गरेको जन्म मिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिबारे अनुसन्धान गर्न माग गरिएको छ ।



    डिआईजी ज्ञवालीको जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५/५/२६ रहेको छ भने नागरिकतामा २०२४/१२/२१ उल्लेख छ । उनको डीआईजी बढुवा नै बदर हुने देखिन्छ ।

    यस्तै अर्का डीआईजी भीमप्रसाद ढकालको पनि नागरिकता विवरण शङ्कास्पद देखिएको छ । डीआईजी ढकालको प्रहरी अभिलेखको जन्ममिति २०२५ साल मंसिर २८ गते छ । तर नागरिकतामा २०२४ साल मंसिर २८ छ ।

    शैक्षिक योग्यताको विवरणमा भने २०२५ साल मंसिर २८ छ । यसरी हेर्दा ढकालको जन्म मिति फरक पर्न गएको अवधि एक वर्ष हुन्छ ।

    यस्तो छ उजुरी :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार