Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईजीपीमा कुँवर र ज्ञवालीबीच चर्को प्रतिष्पर्धा

    आईजीपीमा कुँवर र ज्ञवालीबीच चर्को प्रतिष्पर्धा

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 843
    SHARES

    काठमाडौं । आईजीपी धिरजप्रताप सिंह आज मध्यरातबाट अवकासमा जाने भएपछि नयाँ महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद्को आज चार बजेका लागि तय भएको बैठकले नेपाल प्रहरीको भावी आईजीपीको टुंगो लगाउने छ ।

    यसअघि बिहीबार नियमित बस्नुपर्ने बैठकलाई आज दिउँसो ४ बजेका लागि सारिएको थियो । सिंहको अवकाशसँगै नेपाल प्रहरीको ३०औं आईजीपी बन्न पाँच जना एआईजीहरुबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।



    गत चैत ६ गते एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दिपक थापा र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार रहेका छन् ।



    प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई सरकारले आईजीपी बनाउन सक्ने उल्लेख छ ।

    ३०औं आईजीपीका लागि एआईजी कुँवर र ज्ञवालीबीच तिव्र प्रतिस्पर्धा चलेपनि सहमति भने भइनसकेको बालुवाटार स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार