Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘हचुवाको भरमा निर्णय गरेर गाडी चलाउन सकिँदैन, बरु चाबी बुझाउछौं’

    ‘हचुवाको भरमा निर्णय गरेर गाडी चलाउन सकिँदैन, बरु चाबी बुझाउछौं’

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले वर्तमान अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

    महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेकाले यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको हो ।



    पत्रकार सम्मलेनमा महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले हचुवाका भरमा यातायात सञ्चालन गर्ने निर्णय गरेको भन्दै आफूहरुले गाडी नचलाउने बरु सरकारलाई चाबी बुझाउने बताए ।



    विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत माग महासंघले अघि सोको छ ।

    माग पुरा नभए यातायात व्यवसायीको लगानीको वचत पत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋण जिम्मा लिन र आफ्नो सवारीलाई राष्ट्रियकरण गर्नुपर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार