Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारले सार्वजनिक गाडीको भाडा नबढाए आफैँ बढाउने यातायात व्यवसायीको चेतावनी

    सरकारले सार्वजनिक गाडीको भाडा नबढाए आफैँ बढाउने यातायात व्यवसायीको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सार्वजनिक यातायातको भाडा आफैँले बढाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चेतावनी दिएको छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिएका हुन् ।



    सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ ।



    महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताए ।

    उनले बैठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको समेत जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार