Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • असोजदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी

    असोजदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा आगामी असोजदेखि सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ।

    राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएको भन्दै मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको हो ।



    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिलो चरणमा द्रुत बस सेवा अत्याधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गर्ने बताए ।



    त्यसका लागि मन्त्रालयले ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन प्रयोग हुनेछ भने बसको रङ समेत फरक हुने मन्त्रालयले जनाएको छ।

    मन्त्री ज्वालाले द्रुत बस सञ्चालनका लागि आवश्यक लेन बनाउन सडक विभागलाई निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार