Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सार्वजनिक यातायातमा पाकेट मार्ने ५ जना पक्राउ, २५ हजार बरामद

    सार्वजनिक यातायातमा पाकेट मार्ने ५ जना पक्राउ, २५ हजार बरामद

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । सार्वजनिक यातायातमा पाकेटमारी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    भक्तपुर–कंलकी रुटमा चल्ने बा३ख २४४४ नम्बरको क्षेत्रिय यातायातमा पाकेट मारेको ओरापमा उनीहरू पक्राउ परेका हुन् ।



    भक्तपुरदेखि कलंकीसम्म चल्ने उक्त बसमा रौतहट घर भइ हाल जडिबुटी बस्ने ३५ वर्षीय इनरजित साह र २५ वर्षका शिवपुजन साहलगायतलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।



    इनरजितको साथबाट १५ हजार तथा शिवपुजनको साथबाट १० हजार रुपैयाँ पाकेट मोरको पैसा पाइएको प्रहरीले जनाएको छ ।

    घटनाको खबर पाउनासाथ प्रहरी बित्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरी पाकेटमारीमा संलग्न ५ जनालाई रकमसहित नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार