Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बागमती प्रदेशभित्र बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    बागमती प्रदेशभित्र बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। बागमती प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडादर वृद्धि भएको हो ।

    बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ । नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिएको छ ।



    त्यस्तै, १० किलोमिटरको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ , १५ किलोमिटरसम्मको २९ बाट वृद्धि भएर ३१ रुपैयाँ नयाँ भाडा दर तोकिएको छ । २० किलोमिटरसम्मको ३२ बाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।



    बागमती प्रदेशमा सञ्चालनमा रहेका ट्याक्सिहरुको भाडादर पनि कायम गरिएको छ । जहाँ फ्याग डाउनको ५२ रुपैयाँ कायम गरेको छ । अब ट्याक्सिहरुको २०० मिटरको भाडादर १० रुपैयाँबाट १० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार