Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यकामा ४२ सहित ११८ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा ४२ सहित ११८ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १ सय १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आजसम्म संक्रमितको कूल संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

    जसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४२ जना संक्रमित भेटिएका छन् । देशका विभिन्‍न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ वटा पीसीआर परीक्षण गरिएको छ ।



    त्यस्तै आज १ सय २० जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।



    हालसम्म देशभरका क्वरेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् भने ८ हजार ६ सय ३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार