Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएकाे रुसको दावी

    कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएकाे रुसको दावी

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.6K
    SHARES

    मस्को । कोभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको रुसको एक विश्वविद्यालयले दावी गरेको छ ।

    सेचेनोभ विश्वविद्यालयले खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित भेटिएको दावी गरेको हो । स्थानीय मिडियाका अनुसार विश्वविद्यालयका स्वयंसेवकहरुमा उक्त खोपको परीक्षण गरिएको थियो ।



    खोप दिइएपछि ती स्वयंसेवकहरुलाई एक साताभित्र डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । विश्वका वैज्ञानिकहरुले कोभिड १९ को खोप २०२० को अन्त्यसम्ममा सार्वजनिक भइसक्ने बताएका छन् । तर आम रुपमा सर्वसुलभ बनाउन थप समय लाग्ने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार