Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोभिड खोपबारे विश्वभर चलेका पाँचवटा भ्रम र यथार्थ

    कोभिड खोपबारे विश्वभर चलेका पाँचवटा भ्रम र यथार्थ

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । अहिले विश्वभरि कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने उद्देश्यले खोप दिन थालिएको छ। तर, कोभिड खोपबारे तथ्यहीन र मिथ्या दाबीहरू रोगसरह फैलिएको पनि देखिन्छ।प्रायः सामाजिक सञ्जालमार्फत् हुने त्यस्ता अनर्गल चर्चाबाट मानिसहरू कोभिड खोप लिन डराएको वा हिचकिचाएको देखिन्छ।

    बीबीसी रीयालिटी चेकले संसारका विभिन्न स्थानमा व्यापक रूपमा फैलिएका त्यस्ता पाँचवटा दाबीको परीक्षण गरेको छ। हेरौं पाँचवटा भ्रम र यथार्थ :



    १. भ्रम : खोपमा ट्य्रकर डिभाइस वा चिप हुन्छ ।
    याथार्थ : यो आधारहिन दावीका अनुसार विल गेट्स मानिसमा शुक्ष्म चिप हाल्न खोपलाई माध्यम बनाउन चाहन्छन् । उनले त्यसो भनेका छैनन् बरु यो दाबीको खण्डन गरेका छन् । तथापी यस्तो अनर्गल कुरा पाकिस्तानदेखि अर्जेन्टिनासम्म फैलियो । तपाईले के बुझ्नुपर्छ भने कुनै पनि खोपमा ट्य्राकिङ उपकरण वा माइक्रोचिप हुँदैन ।



    २. भ्रम : खोपमा गाई वा सुँगुरको मासु हुन्छ ।
    यथार्थ : यस्तो चर्चाले धार्मिक समूदायमा चर्चा फैलिएको देखिन्छ । फाइजर, मोडेर्ना र अक्सफोर्ड–आष्ट्राजेनेका खोपमा पशुबाट उत्पादित कुनै द्रब्य छैन । भण्डारण गरिने खोपलाई स्थिर राख्न पोर्क जेलाटिन प्रयोग गरिने भएपनि कोभिड खोपमा त्यो हुँदैन ।

    ३. भ्रम : खोप लिएपछि डिएनएमा परिवर्तन हुन्छ ।
    याथार्थ : विज्ञानले यस्तो दावीको पुष्टि गर्दैन । भाइरसविरुद्ध लड्ने एन्टिबडी उत्पादन गर्न खोपले तपाईंको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्छ । त्यसका लागि केही खोपले कोरोना भाइरसको आनुर्वाशिक संकेतको अंश प्रयोग गर्छन् । अनि भविश्यमा भाइरस प्रवेश गरे शरिरले त्यसको प्रतिकार गर्छ । तर, त्यसले मानिसको डिएनएलाई केही गर्दैन ।

    ४. भ्रम : खोपमा हुहिएको भ्रुणको कोष हुन्छ ।
    याथार्थ : बैज्ञानिकहरुका अनुसार यी कुनै खोपमा पनि मानव भ्रुणको कोष हुँदैन । केही खोप निर्माण गर्ने केही चरणमा प्रयोगशालामा हुर्काइएको मानवकोष प्रयोग हुन्छ । यो विधि सन् १९६० ताका विकास भएको हो । यसमा बैधानिक रुपमा तुहाइएको भ्रुणबाट संकलन गरि क्लोन गरिएको कोष प्रयोग हुन्छ । अक्सफोर्ड–आष्ट्राजेनेकाले यो विधिबाट कोभिड खोप बनाएको हो । यूकेको नियामक निकायले भनेको छ–‘अन्तमा खोपमा भ्रुणको कुनै द्रब्य हुँदैन । उत्पादन प्रक्रियामा त्यो सबै हटाइन्छ । खोपका लागि यो असामान्य कुरा होइन् ।’

    ५. भ्रम : खोपले महिलामा बाँझोपन गराउँछ ।
    यथार्थ : अहिलेसम्मको अध्ययनमा खोपले सन्तान जन्माउने क्षमतामा प्रभाव पारेको देखिंदैन । ‘विद्यमान खोपले महिलाको प्रजनन क्षमतामा प्रभाव पार्छन् भन्न जैविक रुपमा कुनै यूक्तिसंगत विधि छैन । तसर्थ खोपबारे पढ्दा जहिले पनि विश्वासनिय निकाय वा विश्वा स्वास्थ्य संगठनले भनेको कुरा मात्र पत्याउनु पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार