Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइतबारबाट बालबालिकालाई मोडर्ना खोप

    आइतबारबाट बालबालिकालाई मोडर्ना खोप

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 951
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अर्थात यही पुस ४ गतेदेखि १४ गतेसम्म १२ देखि १७ वर्ष उमेर सम्मका बालबालिकालाई पहिलो मात्राको मोडर्ना खोप दिइने जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा ११ जिल्ला, प्रदेश २ मा ५ जिल्ला, बागमती प्रदेशमा ७ जिल्ला, गण्डकी प्रदेशमा ९ जिल्ला, लुम्बिनी प्रदेशमा ९ जिल्ला, कर्णाली प्रदेशमा ९ जिल्ला र सुदुरपश्चिम प्रदेशमा ७ जिल्लामा यो खोप दिइने भएको हो ।



    विद्यालयमा नै खोप केन्द्र राखी बालबालिकालाई खोप दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।



    दोश्रो मात्रा भने माघ २ गतेदेखि १२ गतेसम्म दिइने मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप दिइँदैछ ।

    बागमतीका ६ जिल्ला, कर्णालीको १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइँदैछ ।

    बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा खोप दिइँदैछ भने सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र कर्णाली प्रदेशमा सुर्खेतमा खोप दिइने भएको छ । साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा भने केहीपछि खोप अभियान मिति सार्वजनिक गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार