Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘सबैलाई कोरोना विरुद्धको पूर्ण खोप लगाउने गरि सरकार अघि बढेको छ’

    ‘सबैलाई कोरोना विरुद्धको पूर्ण खोप लगाउने गरि सरकार अघि बढेको छ’

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउबाले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताए।



    “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उनले भने, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न सकिन्छ।”



    प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उललेख गर्दै आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको र खोप लगाउन योग्य नागरिक सबैलाई पूर्ण मात्राको खोप लगाउने गरी सरकार अघि बढेको बताए।

    प्रधानमन्त्री देउवालाई नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

    एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले बुझाएको ध्यानाकर्षण पत्रमा जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न, खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन, राज्यका निकाय एवम् कूटनीतिक क्षेत्रको सक्रियता बढाउन, खोपको आपूर्ति तथा प्रयोगका प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको उल्लेख ।

    स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई लगायतको प्रतिनिधिमण्डलको टोलीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार ११ कमजोरीसमेत औल्याइएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार