Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनबाट ४४ लाख डोज खोप नेपाल आउँदै

    चीनबाट ४४ लाख डोज खोप नेपाल आउँदै

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा चीनबाट कोरोनाविरुद्धको थप ४४ लाख डोज खोप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म सो मात्रामा खोप नेपाल आइपुग्ने छ।

    नेपालले चीनसँग किनेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो। बाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ जादैछ सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याउनेछ।



    स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. सागर दाहालले नेपालमा भण्डारणमा रहेको खोप सकिएपछि थप ल्याउन लागिएको बताए। दाहालका अनुसार यही शुक्रबारसम्म २ पटक गरेर खोप ल्याउने तयारी भइरहेको छ।स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोप ल्याउने टुङ्गो लागिसकेको बताएको छ। त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको बताइएको छ।



    स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७.४१ प्रतिशत पुगेको छ। त्यस्तै पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९.४५ प्रतिशत छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार