Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनबाट ल्याइएको कोरोना खोप ५५ वर्ष माथिकाले पाउने

    चीनबाट ल्याइएको कोरोना खोप ५५ वर्ष माथिकाले पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको ८ लाख डोज भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने र त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो पटक आज आठ लाख डोज खोप काठमाडौं आइपुगेको छ । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।



    स्वास्थ्य मन्त्रालयका अनुसार अहिले आएको खोप लगाउन ६० देखि ६४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा रहने र त्यसपछि ५५ देखि ६० वर्षकालाई र अन्य समूहलाई दिने तयारी छ । तर अन्य समूहबारे भने निर्णय भइसकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार