Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • असोज ४ गतेबाट काठमाडौंमा १४५ स्थानमा लगाईंदै छ भेरोसेलको दोस्रो डोज

    असोज ४ गतेबाट काठमाडौंमा १४५ स्थानमा लगाईंदै छ भेरोसेलको दोस्रो डोज

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । असोज ४ गतेदेखि कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो।

    सरकारले शुक्रबार चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएकाले ४ गतेबाट खोप लगाउन थालेको हो । स्वास्थ्य कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।



    खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ–नौ खोप केन्द्र तोकिएको छ।



    यसैगरी काठमाडौं महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ। नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार