Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

    अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिकी सरकारले राहत स्वरुप नेपाललाई दिएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

    कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।



    कार्यक्रममा मन्त्री  श्रेष्ठले अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने बताए ।



    प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार