Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • क–कसले पाउँछन जापान आएको ५ लाख १३ हजार डोज कोभिशिल्ड खोप ?

    क–कसले पाउँछन जापान आएको ५ लाख १३ हजार डोज कोभिशिल्ड खोप ?

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालका लागि जापानले पठाउने भनेको १६ लाख डोज खोपमध्ये पहिलो चरणमा आज बिहान ५ लाख १३ हजार डोज कोभिशिल्ड खोप नेपाल आइपुगेको छ।

    कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।



    विभागका खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।



    खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

    विभागका अनुसार आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार