Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनप्रतिनिधिहरुकै कारण रोकियो पोखरामा खोप अभियान

    जनप्रतिनिधिहरुकै कारण रोकियो पोखरामा खोप अभियान

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 2.5K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान स्थगित भएको छ । सरकारले ५५ वर्षका माथिका नागरिकहरुका लागि कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो ।

    सरकारले पहिले एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकन खोप जनसन एन्ड जनसन दिने जनाएपनि पछि केन्द्र सरकारले नै त्यसलाई स्थगित गर्ने निर्णय गरेपछि महानगरले भेरोसेल चलाएको थियो ।



    महानगरले भेरोसेल खोप सकिएपछि खोप अभियान रोकिएको जनाएपनि सरकारले जुन उमेर समूहका लागि खोप दिने निर्णय गरेको थियो, त्यो समूह भन्दा बाहेकले खोप लगाउँदा तोकिएका उमेर समूहका अधिकांश खोप लगाउनबाट बञ्चित बने ।



    लक्षित वर्गलाई आएको खोप भनसुनका आधारमा अरुले लगाउँदा खोप अभाव हुन गएको महानगरपालिका नै स्वीकार गर्छ ।

    सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षकशिक्षिक, सार्वजनिक गाडीका चालक सहचालक, अत्यावश्यक सेवाका कर्मचारी लगायतलाई खोप दिने व्यवस्था मिलाएको थियो ।

    केन्द्र सरकारको सोहि निर्णय बमोजिम पोखरा महानगर स्वास्थ्य महाशाखाले विभिन्न केन्द्र तोकेर खोप लगाउने व्यवस्था मिलाएको पनि थियो । तर, खोप केन्द्रमा तोकिएका उमेर समूहभन्दा अन्य व्यक्तिहरुको उपस्थितिले अवस्था अस्तव्यस्त बनेको थियो ।

    लक्षित वर्ग नै लामो समय लाइन बसेर पनि खोप नपाइरहेका बेला जनप्रतिनिधिहरुले भने आफ्ना मान्छेलाई चोरबाटोबाट छिराएर खोप लगाउन दबाब दिएको प्रष्टै देखिन्थ्यो ।

    अनावश्यक भिड र लक्षित वर्गभन्दा बाहिरका लागि खोप दिनुपर्ने बाध्यताले पनि चाँडै खोप सकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्य बताउँछन् ।

    यस्तो अवस्थामा पनि प्रशासनले आवश्यक जनशक्ति खटाउन अरुचि देखाएपछि सम्बन्धित वडाकै स्थानीयलाई खटाउनुपर्ने बाध्यता आएको र उनीहरुबाटै घुसपेठ सुरु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार