Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • यातायात कार्यालयबाट ४ जना दलाल पक्राउ

    यातायात कार्यालयबाट ४ जना दलाल पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी वृत थानकोटले गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट ४ जना दलाललाई पक्राउ गरेको छ । यातायात कार्यालय पुगेका सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भन्दै सार्वजनिक सडकमै सर्वसाधरण सेवाग्राहीलाई हैरानी दिने ४ जना ब्यक्तिलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा चम्पादेवी–४ ओखलढुंगाका वर्ष ३० को पुष्कर कटुवाल, हरीहरपुर–७ धनुषाका बर्ष ३० का बिमल लामा, रोराङ–६ धादिङका बर्ष २६ का बिनोद पुलामी र मर्स्याङदी–२ लम्जुङका बर्ष २६ का उज्जवल गुरुङ रहेका छन् ।



    महानगरिय प्रहरी परिसरले सेवाग्राहीहरुसँग कमिशन रकम माग गरीरहेको अवस्थामा पक्राउ परेका उनीहरुमाथि कानुनी प्रकृया अगाडी बढाइएको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार