Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्पेनिस ला लिगामा १० खेल हुँदै

    स्पेनिस ला लिगामा १० खेल हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाण्डौ । बिहीबार स्पेनिस ला लिगा फुटबलमा १० वटा खेल हुँदैछन् । आज हुने खेलमध्ये रियल मड्रिडको खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।

    बिहीबार राति पौने २ बजे हुने खेलमा भिल्ला रियललाई हराउन सके रियल मड्रिड यो सिजनको ला लिगा च्याम्पियन बन्नेछ ।



    तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा चार अङ्कले अघि रहेको रियलले यो खेल जितेमा च्याम्पियन बन्नेछ भने बराबरी या हार भएमा बार्सिलोनाले पनि उपाधिमा झिनो दाबेदारी पेस गर्न सक्नेछ ।



    बिहीबार नै बार्सिलोलाले ओसासुनासँग खेल्दैछ । यो खेलमा बार्सिलोनाले हारे पनि रियल मड्रिडले लिग जित्नेछ । ला लिगामा सबै टिमले योसहित दुई/दुई पटक खेल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार