Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ला लिगा : रियल र एट्लेटिकको जित, उपाधि यात्रामा रोचकता

    ला लिगा : रियल र एट्लेटिकको जित, उपाधि यात्रामा रोचकता

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 3.3K
    SHARES

    एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिडले उत्कृष्ट जित हाँसिल गरेको छ ।

    शनिबार राती रियलको घरेलु मैदानमा.भएको खेलमा घरेलु टोली म्याड्रिडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट जित हाँसिल गरेको हो।



    रियलको जितमा इडेर मिलिटाओ र कासिमिरोले समान एक एक गोल गरे ।



    पहिलो हाफ गोलरहित बराबरीमा खेलेको घरेलु टोली रियलले दोस्रो हाफको ७६ औं मिनेटमा मिलिटाओको गोलबाट अग्रता बनायो । त्यसपछि खेलको ८० औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

    जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । पराजित ओसासुना ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

    यस्तै, शनिबार राती नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले पनि जित हाँसिल गरेको छ। एट्लेटिकोले इल्चेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    दोस्रो स्थानको रियल र पहिलो स्थानको एट्लेटिक दुवैको जितपछि उपाधि यात्रा रोमान्चक मोडमा पुगेको छ। एक खेल बढी खेलेको एट्लेटिकोको ७६ अंक रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार