Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्पेनिस ला लिगा : रियलको जितमा बेन्जेमाको ह्याट्रिक

    स्पेनिस ला लिगा : रियलको जितमा बेन्जेमाको ह्याट्रिक

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 459
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले अल्मेरियाविरुद्ध ४–२ को सहज जित निकालेको छ ।

    करिम बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेपछि अल्मेरियाविरुद्ध रियलले सहज जित निकालेको हो ।



    बेन्जेमाले रियाल मड्रिडबाट खेलेका सबैखाले प्रतियोगिताको पछिल्लो आठ खेलमध्ये तीन खेलमा ह्याट्रिक गरेका छन् ।



    जिरोना र रायो भालेकानोसँग दुई अप्रत्यासित हार व्यहोरेपछि रियालले घरेलु मैदानमा अल्मेरियाविरुद्ध बेन्जेमाले ह्याट्रिक गर्दा जित भेट्टाएको हो ।

    जितसँगै ३२ खेलबाट ६८ अंक जोडेको रियाल मड्रिड तालिकाको दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंक कम हो ।

    समान खेलबाट ७९ अंकसहित बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । लिगमा अब ६ खेलमात्र बाँकी छन् । यता, ३२ खेलबाट ३३ अंक जोडेको अल्मेरस तालिकाको १५औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार